ताजा समाचार

विद्युत् विकास विभागको अपील:आयोजना निर्माणका सिलिण्डिर कोभिड–१९ का बिरामीलाई दिई सहयोग गराै

काठमाडौँ । विद्युत् विकास विभागले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवर्दकहरुलाई खाली, अक्सिजनसहित र मर्मत गरी प्रयोगमा ल्याउन सकिने सिलिण्डिर कोभिड–१९ का बिरामीलाई दिई सहयोग गर्न अपील गरेको छ ।

विभागले आज बिहीबार सञ्चालनमा रहेका तथा निर्माणाधीन सम्पूर्ण जलविद्युत् आयोजनाका प्रवद्र्धकहरुलाई पत्र लेखी यस्तो अपील गरेको हो । सिलिण्डरसम्बन्धी विवरण विभागलाई एसएमएस वा इमेल गरी जानकारी दिन आग्रह गर्दै विभागले उक्त जानकारी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउने र विभागको वेवसाइटमा समेत राखिने जनाएको छ ।                                                                 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org