ताजा समाचार

चीनले दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुग्यो

काठमाडौं । चीन सरकारले सहयोग स्वरुप दिएको १८ हजार अक्सिजन सिलिण्डर स्थल मार्ग हुँदै तातोपानी नाका आइपुगेको छ।

नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

यसअघि चीनबाट ४ सय सिलिण्डर फ्लाइटबाट आइसकेको छ। थप १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ। मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ।

कोरोना संक्रमण बढिरहेको र अस्पतालमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ।

हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org