ताजा समाचार

१० दिनभित्र ५० लाख डोज खोपको टुङ्गो लाग्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अबको १० दिनभित्र नेपालमा ल्याउने ५० लाख डोज खोपको टुङ्गो लाग्ने दाबी गरेका छन् । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप ल्याउने तयारी भइरहेकाले यसको ब्रेक थ्रु हुने मन्त्री ज्ञवालीले बताए ।

स्वास्थ्य पत्रकारहरुसँग भर्चुअल कुराकानी गर्दै मन्त्री ज्ञवालीले अमेरिकामा अहिले स्टक रहेको तर प्रयोगमा नरहेको अस्ट्राजेनिकाको खोप नेपाललाई उपलब्ध गराइदिन पनि कुटनैतिक स्तरबाट आग्रह गरिएको बताए । अमेरिकाले उक्त खोप वैधानिक प्रक्रिया पुर्याएर दिने प्रतिवद्दता जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org