ताजा समाचार

चौधरी ग्रुपको नवलपरासीस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भइरहेको छ । आज विहान करिब साढे ८ बजेदेखि आगो लागेको भएपनि नियन्त्रणमा आउन सकेको छैन ।

उद्योगको बियर प्लान्ट र गोदाममा भएको आगलागी नियन्त्रणमा दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरु खटिएका छन् । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले तीन वटा दमकलले आगो नियन्त्रण प्रयास भइरहेको बताए ।

उनले आसपासका जिल्लाबाट अरू दमकल बोलाइएको पनि बताए । आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org