ताजा समाचार

काठमाडौं उपत्यकामा घट्दै कोरोना संक्रमित

काठमाडाै । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा ६२६ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रायलका अनुसार उपत्यकामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

आज काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ८५ संक्रमित थपिएका छन् ।

आज देशभर १४ हजार ८१९ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ५ हजार १४७ संक्रमित निको भएर घर फर्किएका छन् भने थप ५३ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org