कर्णाली प्रदेश : नीति तथा कार्यक्रम बहुमतले पारित
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको पक्षमा सदनमा उपस्थित बहुमत सदस्यले मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपनि बहुमत भने पुगेन ।
प्रस्ताव पेश गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समय अभावका कारण व्यापक छलफल चलाउन नसकिएको भन्दै केही नयाँ योजनासहित विगतकै कार्यक्रमलाई निरन्तरता दिएको स्वीकार गरे । विगतकै नीति तथा कार्यक्रमकै निरन्तरता रहेकाले यस वर्ष पनि कोभिड–१९ र त्यसबाट सिर्जित समस्यालाई मध्यनजर गरिएको उनको भनाइ छ ।
प्रदेशसभाको बैठक अपराह्न ४ बजेका लागि स्थगित भएको छ ।
कर्णाली सरकारले आजै आगामी आवको बजेट सार्वजनिक गर्नेछ ।
Comments
अरु समाचार
-
प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ४...
-
प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय...
-
नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई...
-
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन्। तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी...
-
सुरू भयो तेस्रो लगानी सम्मेलन, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
काठमाडाैँ । तेस्रो लगानी सम्मेलन काठमाडौंमा शुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको काठमाडौंको सोल्टी होटेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
-
आजदेखि सुरू हुने लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी हुने
काठमाण्डौ । आज (आइतवार)देखि शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
काठमाडाैँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा...
-
प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५००...