ताजा समाचार

पूर्वप्रधानमन्त्री खनालको भारतस्थित एपोलो अस्पतालमा उपचार सुरु

काठमाडाै । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको भारतस्थित एपोलो अस्पतालमा उपचार सुरु भएको छ ।

मिर्गौलामा समस्या भएपछि नेता खनाललाई बुधबार भारत लगिएको हो । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उपचार सुरु भएको जानकारी दिए । ‘उहाँ (झलनाथ खनाल)सँग र उहाँको उपचारको नेतृत्व गरिरहेका डाक्टरसित भेटघाट र स्वास्थ्यस्थितिबारे कुराकानी भयो । उहाँको शीघ्र सफल उपचारको विश्वास छ र पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना छ’, राजदूत आचार्यले ट्विट गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org