काठमाडौं उपत्यकामा ७ देखि १० दिन निषेधाज्ञा थप्ने तयारी, कुन-कुन क्षेत्र खुल्दैछन् ?
काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ ।
उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
‘केही क्षेत्र खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेका छौं’ सीडीओ पराजुलीले भने, ‘हामीले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका छौं । पछिल्लो समय मृत्यु घटिरहेको छ र अझै केही समय परिस्थितीलाई हेर्नेछौं ।’
अहिलेको निषेधाज्ञाको अवधि असार ७ गते मध्यरातसम्म कायमै छ । सात गते अगाडि बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछन् । साथै, प्रशासनले थप आदेश पनि जारी गर्ने तयारी गरेका छन् ।
के-के खुलाउने तयारी छ ?
जिल्ला प्रशासनहरुले संक्रमणको स्थिती हेरेर निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी गरेका छन् । असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल लगायतलाई निश्चित समय दिएर खुलाउने तयारी भएको छ ।
साथै, ग्राहकलाई बसेर खान नदिने सर्तमा केही समय दिएर खाजा र चिया पसल पनि खुलाउने बारे छलफल भएको छ । नीजि सवारी साधनलाई जोर बिजोरको आधारमा संचालन हुन दिने बारे पनि छलफल भएको छ तर, यो विकल्पबारे तत्कालै निर्णय नहुन सक्छ । ‘संक्रमण नबढ्ने गरेर अत्यावश्यक क्षेत्र खुलाउने र अर्थतन्त्रलाई चलायमान बनाउने बारे हामी केन्द्रित छौं’ काठमाडौंका सीडीओ पराजुलीले भने ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...