ताजा समाचार

थप २,६३६ संक्रमित, २० जनाको मृत्यु, चार हजार ३४८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ६३६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ७१ पुगेको छ ।

हाल देशभर कोरोनाका कारण सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट चार हजार ३४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org