ताजा समाचार

स्वास्थ्य मन्त्रालयले हटायो वीर अस्पतालको नेतृत्वबाट डा. जागेश्वर गौतमलाई

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई फिर्ता बोलाएको छ ।

सोमबार राज्यमन्त्रीस्तरीय बैठकले डा. गौतमलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

आइतबार भत्ताको माग गर्दै पुगेका स्वास्थ्यकर्मी र कर्मचारीमाथि डा. गौतमले प्रहरी बोलाएर कुटपिट गराएको आरोप लागेको थियो । डा. गौतमलाई हटाउनु पर्ने माग राखेर वीरका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका थिए ।

डा. गौतमले वीरबाट आफूलाई हटाएकोमा कुनै पछुतो नरहेको बताएका छन् । ‘दुई महिनामा राम्रो काम गरेको छु । राजनीतिक दलका झोलेले काम गर्न नदिए पनि नम्बरको हिसाबले डिस्टिङ्सनको काम गरेको छु,’ उनले भने, ‘अब प्रसूति गृहमा गएर महिलाको सेवा गर्छु ।’

काोभिडका बिरामीको उपचार गर्न वीर अस्पताललाई ‘कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाइएको थियो । सरकारले गत ६ जेठमा ल्याएको अध्यादेशले वीर अस्पताललाई केन्द्रीय युनिफाइड अस्पताल बनाइएको हो । युनिफाइड अस्पताल बनाएपछि अस्पताल सञ्चालनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइयो ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमा डा. गौतमलाई १० जेठमा नियुक्त गरेको थियो । डा. गौतम प्रमुख भएर अस्पताल गएदेखि नै विवादमा तानिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org