ताजा समाचार

तीन हजार संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो।

यसमा १० हजार ६१३ जनाको आरटी पीसीआर र तीन हजार १९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार २७९ र एन्टिजेनबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा नेपालमा २३  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९९ हजार ६४९ र एन्टिजेनबाट ६२ हजार ७८३ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ५८ हजार १२२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org