आजदेखि जारी हुँदै ई–पासपोर्ट
काठमाडौं । मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले आज दिउँसो ई–पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्ने छन् ।
राहदानी विभागका अनुसार विभागले केही दिन थोरै संख्यामा मात्रै ई–पासपोर्ट वितरण गर्ने छ । पूर्ण क्षमतामा ई–पासपोर्ट वितरण नहुँदासम्म एमआरपी वितरणले पनि निरन्तरता पाउने छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सुरक्षित भनेको ई–पासपोर्ट विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् । नेपालले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो ।
मोबाइलको जस्तै विद्युतीय ‘चिप’को प्रयोग हुने ई–पासपोर्टमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक तथ्यांक राखिन्छ ।
६४ वटा पृष्ठ हुने ई–पासपोर्टमा सम्पदा, संस्कृति, वन्यजन्तु तथा विभिन्न पर्यटकीय स्थानको तस्बिर हुने छन् ।
पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा हुने छ भने पहिलो पृष्ठमा सगरमाथा रहनेछ ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
सामान्य घट्यो सुनको मुल्य
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...
-
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
काठमाडौं । गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको...