सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेसी तोकिने
काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले संशोधित नियमावली यही मंसिर १५ गतेदेखि लागु गर्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै पेसी व्यवस्थापन निर्देशन समितिको व्यवस्था गरिएको संशोधित विधान मंसिर १५ देखि लागु हुनेछ । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले संशोधित विधान यही मंसिर १५ देखि लागु हुने निर्णय भएको जानकारी दिए ।
१५ गतेदेखि नै प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्थाको अन्त्य गर्दै गोलाप्रथा प्रणालीबाट पेसी तोकिने अभ्यास सुरु हुनेछ । त्यसरी तोकिने गोलाप्रथा प्रणालीमा पनि प्रधानन्यायाधीशले भाग लिन नपाउने अडान न्यायाधीशहरूले राख्दै आएका छन् । तर, प्रधानन्यायाधीशले नै पेसी व्यवस्थापन निर्देशन समितिको अध्यक्षता गर्ने हुँदा उनीहरूको अडान भने प्रधानन्यायाधीश तयार भए मात्र लागु हुनेछ ।
न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग इजलासमा नबस्ने र प्रधानन्यायाधीशले तोकेको इजलासमा नजाने अडान राखेपछि प्रधानन्यायाधीशबाहेकको बैठकले सर्वोच्च अदालत दोस्रो संशोधन नियमावलीको मस्यौदा तयार पारेको थियो । त्यसलाई कानुन मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको मिति सर्वोच्चको पूर्ण बैठकबाट नतोक्दा लागु हुन सकेका थिएन ।
आजको फुल कोर्ट बैठकको निर्णयसँगै यही मंसिर १५ गतेदेखि नयाँ नियमावली कार्यान्वयनमा आउने भएको छ ।
Comments
अरु समाचार
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
डढेलो लगाएको आरोपमा दुईजना पक्राउ
काठमाडौं । गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
बेलौरीका किसानलाई कृषि सामग्री
काठमाडौं । बेलौरी नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको छ । नगरपालिकाको कृषि शाखाले चालु आर्थिक वर्षको...
-
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइन्छिु भनेर रु ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई...