ताजा समाचार

जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज मोडर्ना र जोन्सन खोप प्रदान

काठमाडौं । जर्मनीले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन खोप गरी साढे ४१ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।

जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गरे । कोभ्यासमार्फत सो परिमाणको खोप नेपालले प्राप्त गरेको हो ।

मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने भएको छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज पनि काठमाडौं आइपुगेको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो। यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org