ताजा समाचार

कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडाैँ ।  काठमाडौंको पुतलीसडकस्थित हिमालयन ह्वाइट हाउस कलेजमा रहेको परीक्षा सेन्टरमा विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् ।

विजुलीबजारस्थित चक्रवर्ती हबि कलेजका परीक्षार्थीहरुले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् ।

विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै विरोध गरेका हुन् ।

विश्वविद्यालयको भीसीले यसअघि अनलाइन विधिबाट परीक्षा लिने बताएपनि कोभिड संक्रमण बढेका बेला भौतिक रुपमा परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् ।

विद्यार्थीको प्रर्दशन नियन्त्रण लिने क्रममा केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

यता विश्वविद्यालयले माघ ९ देखी परिक्षा सम्पुर्ण कार्यक्रम स्थगित भनेर सुचना प्रकाशन गरेको छ । विद्यार्थीले आजको लागी तोकिएको परिक्षा बहिष्कार गरेका छन ।

परिक्षार्थी रामरतन सिंहले भनेः स्वास्थ्य सुरक्षाका मापदण्द पालना नगरी संक्रमित विद्यार्थीलाईसमेत एउटै हलमा राखेर जसरी सञ्चालन भएको थियो त्यसैले हामीले परिक्षा बहिष्कार गरेका हाैँ ।

विश्वविद्यालयका भिसीले अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गराउने जुन आश्वासन दिनु भएको थियो । यथासक्य अनलाईन माध्यमबाट परिक्षा सञ्चालन गराउन जोडदार माग गर्दछाैँ ।

र प्रहरीको दमनबाट घाइते साथीहरुको उपचार माग गर्दछाैँ । अन्यथा थप संघर्षका कार्यक्रमहरु तय हुने विश्वविद्यालय परिवारलाई चेतावनी दिन चाहान्छाैँ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org