ताजा समाचार

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १० हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

२३ हजार ९२ वटा नमूना परीक्षण गराउँदा १० हजार ७०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, सोही अवधिमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्‍लो २४ घन्टामा  ७६६ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा ६५ हजार ३७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org