ताजा समाचार

एमसीसी पास, फेल जे भएपनि संसद्‌बाट टुंग्याउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्ले टुंगो लगाउनुपर्ने बताएका छन्।

कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै देउवाले पार्टी एमसीसीको पक्षमा रहेकाले संसद्बाट पारित गराउन लागि परेको बताएका हुन्।

उनले पास या फेल जे पनि हुनसक्ने भएकाले संसदले निर्णय गर्ने बताए। एमसीसी पास गराउन कांग्रेसले एक मतले निर्णय गरेको उनले सुनाए। ‘हामीले पार्टी र संसदीय दलबाट एकमतले पास गर्ने निर्णय गरेका हौं, त्यसमा लागिरहेका छौं।’ कांग्रेस सभापति देउवाले भने, ‘अब संसद्‌मा पास पनि हुन सक्छ, फेल पनि हुन सक्छ, थाहा छैन। राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो, हामीले मान्नुपर्छ।’

उनले कुनै देशको खिलापमा नभइ राष्ट्रको पक्षमा बोल्नुपर्ने भएकाले कांग्रेस डराउन नहुने स्पष्ट पारे। उनले कांग्रेस न्यायका लागि प्रतिबद्ध पार्टी भएको स्पष्ट पारे। देउवाले पार्टीले गरेको कामको प्रचार हुन नसकेको बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org