ताजा समाचार

केपी ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा (एमाले) केपी शर्मा ओलीलगायतका नेताविरुद्ध अख्यितारमा उजुरी परेको छ ।

नेकपा एकीकृत समाजवादीनिकट अ‍नरास्ववियूले विहीबार अख्तियार दुरुपयोग अनुसन्धानमा तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पमद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको हो ।

उजुरी पत्रमा झापा जिल्लास्थित गिरीबन्ध टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसी को संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्रीको ढकालले करोडौ रुपौयाको भष्ट्राचार गरेको अरोप लगाइएको छ।

नेपाल भ्रमण वर्षका नाममा प्रचारप्रसारको लागि भन्दै राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org