ताजा समाचार

माधव नेपालसंगको छलफलपछी प्रचण्डले भने- सकेसम्म गठबन्धन बचाउँछौं

काठमाडौं । सत्ता गठबन्धनको बैठकअघि सिंहदरबारमा बसेको तीन दलको बैठक सकिएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक बस्नुअघि एमसीसीलगायतका विषयमा छलफल भएको बताए।

‘अहिले बेलुकी ५ बजे संयन्त्रको बैठक छ। त्यही बैठकको तयारीका विषयमा छलफल भयो। मुख्य जोड पाँच दल बचाउने र एमसीसी निकास दिन लागेका छौं। सकेसम्म यो गठबन्धन बचाउनेमा हाम्रो जोड हो,’  उनले सञ्चारकर्मीसँग भने।

प्रचण्डले छोटो प्रतिक्रिया दिए पनि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले भने धेरै बोलेर कुरा बिग्रिएको भन्दै प्रतिक्रिया दिन चाहेनन्। उनले गोप्य छलफल भएको बताउँदै केही बोल्न मानेनन्।

छलफलमा प्रचण्ड, नेपाल र जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए। अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन यी नेताहरुबीच छलफल भएको बताइएको छ। एमसीसीको विषयमा अन्तिम निर्णय गर्न सत्ता गठबन्धनको बैठक आज ५ बजे बस्दै छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org