ताजा समाचार

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरूको आजको बैठकमा एमसीसीका विषयमा छलफल भएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसद्मा प्रवेश गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेताहरूबीच अर्को बैठक यही फागुन ८ गते बिहान १० बजे बस्ने सहमति भएको उनले बताए । “अर्को बैठक ८ गते बिहान १० बजे बसेर यसलाई निर्णयमा पुर्‍याउँछौँ,” उनले भने ।

आजको संसद् बैठकमा एमसीसी टेबल हुने/नहुने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org