ताजा समाचार

एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्धको सडक प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ ।

विभिन्न दलहरूले एमसीसीविरुद्ध प्रदर्शन गर्दा यातायात अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सडक प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको बताए ।

‘‘बानेश्वर क्षेत्रमा यातायात अस्तव्यस्त बनेको छ । व्यवस्थापन गरिरहेका छौँ,” उनले भने, ‘‘माइतीघर–नयाँ बानेश्वर, नयाँ बानेश्वर–कोटेश्वर, गौशाला क्षेत्रमा यातायात प्रभावित छ ।”

सडकमा टायर समेत बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले संयुक्त रूपमा प्रदर्शन गरिरहेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org