ताजा समाचार

एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्दा हो, जनताको भावनाअनुसार टुङ्गो लगाउनु पर्छः खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् ।

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले एमसीसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने दाबी गरेका हुन् ।

गठबन्धन सहमतिका आधारमा बनेको भन्दै खनालले एमसीसीले छुनुपर्ने कुनै कुरा नरहेको उनको भनाइ छ । एमसीसी गठबन्धनको नभएर मुलुक र जनताको मुद्दा भएकाले जनतको भावनाअनुसार यसलाई टुङ्गोमा पुर्‍याउनुपर्ने उनले बताए ।

खनालले प्रधानमन्त्रीका आफ्ना मत र चाहना रहेको र संसद् नचलिरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीले भेट्नु स्वाभाविक रहेकाले आंशका नगर्ने बताए ।

एमसीसीमा राष्ट्रघाती प्रावधान रहेको भन्दै नेता खनालले संशोधन नभएसम्म पास हुन नदिने जिकिर गरे ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org