ताजा समाचार

खुमलटारमा किरण–प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट र छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

उनी बिहान ९ बजे खुमलटार पुगेका हुन् ।

झण्डै एक घण्टासम्म भएको भेटवार्तामा समसामयिक विषय, मुलुकको राजनीति, एमसीसी सम्झौतामा संसदवादी दलको भूमिकालगायतका विषयमा छलफल भएको बुझिएको छ । संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएको र संसदको बैठक बस्नु दुई दिनअघि किरणले प्रचण्डसँग भेट गर्नुलाई अर्थपूर्ण ठानिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org