ताजा समाचार

प्रचण्ड निवास खुमलटार पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् ।

हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।

संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् ।

देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए ।

एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org