ताजा समाचार

गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा बढाइयो

काठमाडौं । सरकारले नेपाली कांग्रेसका तीनजना नेताहरूको सुरक्षा बढाएको छ । कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ ।

थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरू निरन्तर आन्दोलनमा छन् ।

केही दिनअघि मात्रै नयाँ बानेश्वरमा प्रहरी र प्रदशनकारीबीच झडप समेत भएको थियो ।

एक उच्च प्रहरी अधिकारीले भने, “थापा, कार्की र महत एमसीसीको पक्षमा बोल्दै आउनुभएको छ । यस्तोमा प्रदर्शनकारीबाट उहाँहरूमाथि आक्रमण हुन सक्ने सम्भावना रहन्छ । त्यसैले उहाँहरूको सुरक्षालाई ध्यान दिएका छौँ । उहाँहरू सहभागी कार्यक्रममा पनि विगतभन्दा बढी प्रहरी खटाइरहेका छौँ ।”

महामन्त्री थापाले एमसीसीको विरोध पनि गर्ने र सरकारमा पनि बसिरहने माओवादी प्रवृत्तिको निरन्तर आलोचना गर्दै आएका छन् ।

गृह मन्त्रालयले एमसीसीको पक्षमा बोल्दै आएका अरू व्यक्तिको सुरक्षामा पनि ध्यान दिन निर्देशन दिएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org