ताजा समाचार

लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चाैधरीले जनाइन् ।

एमसीसी पारित नगर्दा नेपालमा विकास अनुदान आउन समस्या हुने भएकाले पनि एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको लोसपाले जनाएको छ ।

लोसपाका १३ सांसद छन् । सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org