ताजा समाचार

बालुवाटर पुगे प्रचण्ड

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एव नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार गएका प्रधानमन्त्रीका सञ्चार प्रमुख गोविन्द परियारले जानकारी दिए ।

अध्यक्ष प्रचण्ड संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताका विषयमा छलफल गर्न पुगेका हुन् ।

यसअघि, आजै बिहान प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल भएको थियो । छलफललगत्तै प्रचण्ड बालुवाटार गएका हुन् ।

सरकारले यही फागनु ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो । आजदेखि बैठकमा छलफल हुनेछ ।

सरकारले जतिसक्दो चाँडो सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । माओवादी केन्द्र भने एमसीसी संसद्बाट अनुमोदन गर्न नहुने पक्षमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org