ताजा समाचार

संसद् बैठक बस्दै, एमसीसीमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय छ ।

बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org