ताजा समाचार

राष्ट्रघातीहरुको नामावली लिएर जनतामाझ जान माओवादीले ढिला गर्नु हुदैन : युवा नेता सेर्पाली

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा वाइसिएल नेपाल सहसंयोजक सुवोधराज सेर्पालीले  राष्ट्रघातीहरुको नामावली लिएर जनताको  माझ जान माओवादीले ढिला गर्न नहुने बताएका छन ।

नेता सेर्पालीले एमसिसिले देशमा को राष्ट्रवादी र को राष्ट्रघाती भन्ने प्रष्ट ध्रुर्विकरण भइसक्यो, अव एमसिसि पक्षधर राष्ट्रघातीहरुको नामावली तयार पारेर जनतामाझ जान माओवादी केन्द्रले ढिला गर्न नहुने बताएका हुन ।

उनले सामाजिक संजाल फेसबुक मार्फत  गठबन्धन बचाउको नाममा हामीले सरकारको मोर्चा छोड्न ढिलो गरिसकेका छौँ । अब टेबल भैसकेको एमसिसी संसदबाट अस्वीकृत गर्दै सकिन्छ आफ्नो पहलमा नयाँ ध्रुवीकरण सहित अघि बढ्ने त्यसो भए एमसिसी पक्षधरले बहुमत पुर्‍याइ हालेमा तिनका विरुद्धको मोर्चा सशक्त बनाउन आवस्यक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org