ताजा समाचार

ओलीलाई भेट्न आज पनि पुगे बालकोट प्रधानमन्त्री देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज पनि बालकोट पुगेका छन् । स्राेतका अनुसार प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट आइपुगेका हुन् ।

एमालेकाे अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा फेरि बालकाेट पुगेका हुन् । गत भदौ २३ गतेदेखि प्रतिनिधि सभामा एमालेले गरिरहेकाे अवरोध खुलाउन देउवाले ओलीसँग छलफल गरिरहेका छन् ।प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट लागेका छन्।

त्यस्तै यसअघि शुक्रबार पनि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकाेट पुगेका थिए । प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झाैता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउनमा सहयाेग गर्न यही फागुन ५ गतेदेखि निरन्तर ओलीलाई भेटेरै आग्रह गरिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org