ताजा समाचार

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै

काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुन लागेको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका यी तीन दलबीच विवाद छ । कांग्रेस जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनविना पारित हुन नहुने पक्षमा छन् ।

यही विषयलाई लिएर सत्तारुढ गठबन्धन टुट्ने सम्भावनासमेत बढेका बेला तीन नेता छलफलमा जुटेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org