ताजा समाचार

एमसीसी सम्झौता : माओवादीले भनेको व्याख्यात्मक टिप्पणी के हो ?

काठमाडौं,१५ फागुन । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार व्याख्यात्मक टिप्पणीमा निम्नलगायत बुँदाहरू समिटिनेछन्–
१. अमेरिकी सैन्य रणनीति (आईपीएस)को अंग नमान्ने
२. एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि नरहने
३. आर्थिक सहायताका रूपमा मात्रै लिनुपर्ने
४. लेखापरीक्षण नेपालको महालेखा नियन्त्रक कार्यालयले गर्नुपर्ने
५. यसअघि अर्थ मन्त्रालयले तयार गरेको व्याख्यात्मक टिप्पणीका बुँदाहरू नै समेटिनुपर्ने ।

माओवादी केन्द्र प्रतिनिधिसभामा अनुमोदनका लागि टेबल भएको एमसीसीको पक्षमा उभिएसँगै आजको संसद् बैठकमा त्यसमाथि छलफल हुने निश्चितजस्तै देखिएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसअघि सत्ता गठबन्धनको बैठक पनि बस्दै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org