ताजा समाचार

व्याख्यासहित एमसीसी सम्झौता अनुमोदन गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

एमसीसी संसद्मा टेबल भइसकेको छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । अमेरिकाले संसद्बाट एमसीसीको विषय टुंगो लगाउन दिएको समयसीमा भोलि सकिँदै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org