ताजा समाचार

प्रचण्डले माओवादीलाई कांग्रेस एमालेजस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याएः नेता न्याैपाने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेपछि पार्टीभित्रैबाट विरोध सुरु भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्याैपानेले केन्द्रीय समितिको बैठक पटक पटक स्थगित गरिएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीलाई कांग्रेस र एमालेजस्तै राष्ट्रघाती पार्टीको कित्तामा उभ्याएको आरोप लगाएका छन् ।

नेता न्याैपानेले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय नै अवैधानिक रहेको समेत जनाएका छन् । पार्टीमा अध्यक्ष र केन्द्रीय समिति बाहेक कुनै संरचना नबनेको भन्दै एमसीसी जस्तो मुलुकलाई दिर्घकालीन असर पार्ने विषयममा अध्यक्षको एकल निर्णय मान्य नहुने समेत जनाएका छन् ।

नेता न्यापानेले भनेका छन्, ‘ हालकाे नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिकाे निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन् । आज बिहान बसेकाे भनिएकाे बैठककाे कुनै बैधानिकता छैन् ।’

यस्तै, उनले माओवादी राष्ट्रघात गर्ने पार्टी नभएको भन्दै माोवादी एकाध व्यक्तिको निजी क्लब समेत नभएको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org