ताजा समाचार

प्रचण्डले खुमलटारमा पत्रकार सम्मेलन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।

यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले पत्रकार सम्मेलन राखेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे खुमलटारस्थित निवासमै पत्रकार सम्मेलन राखिएको हो ।

आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले  एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरुले चर्को असन्तुष्टि जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org