ताजा समाचार

अब गठबन्धन कायम रहन्छ, सरकार अगाडि बढ्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनमार्फत् एमसीसी पारित गर्नुअघि सरकार परिवर्तन हुने हो कि भन्ने अवस्था आएको तर अब परिवर्तन नहुने स्पष्ट भएको उनले बताए ।

“यसलाई एउटा निकास दिइएको छ । निकास दिनु अगाडि राजनीतिमा के होला, के नहोला ? गठबन्धन बच्ला नबच्ला ?, यो सरकार बच्ला या नबच्ला भन्ने थियो,” उनले भने,“ अर्को समीकरण बन्ने हो कि भन्ने थियो । हिजोबाट आधारभूत र मुलभुत रुपले अहिलेका लागि ति सबै अन्योलको अन्त्य भएको छ । गठबन्धन कायम रहन्छ । सरकार अघि बढ्छ ।”

अब निर्वाचन प्रक्रियातिर जानेमा स्पष्ट भएको उनले बताए । आइतबारको प्रतिनिधि सभाले व्याख्यात्मक घोषणा गर्दै एमसीसी पारित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org