ताजा समाचार

नेकपा एकीकृत समाजवादीले पत्रकार सम्मेलन गरेर एमसिसीबारे धारणा राख्ने

काठमाडाैँ । एमसिसीलगायत विभिन्न विषयमा पार्टीका धारणा राख्न नेकपा एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन हुनेछ। समसामयिक विषयमा पत्रकार सम्मेलन केन्द्रित रहने उनले बताए।

सत्तारूढ नेकपा एकीकृत समाजवादीले एमसिसी पारित गर्ने निर्णय गरेको थियो। व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने उक्त पार्टीको निर्णय थियो।

आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org