ताजा समाचार

केपी ओली कति सहने, संसद भंग गरौँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् ।

आइतबार संसद भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै केपी ओलीलाई संसदमा कति सहने अब चुनावमा जानुपर्ने बताएका हुन् ।

“एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो ।

एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org