ताजा समाचार

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सोमबार ११ बजेसम्मका लागि सारिएको छ ।

सोमबारको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

आइतबारका लागि बोलाइएको बैठक संसद् बैठक पनि आजै परेकाले सारिएको दाहालको सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष दाहालले अमेरिकी सहयोग सम्झौता एमसीसीका सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम तय गरिएको थियो । यस्तै स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । माओवादी बैठक शनिबारदेखि सुरु भएको हो । पहिलो दिनको बैठकमा अध्यक्ष दाहालले एमसीसी संसद्‌बाट अनुमोदन लगायत समसामियक विषयमा बोलेका थिए ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org