ताजा समाचार

युद्धकैबीच युक्रेनमा दुई सैनिकले सैन्य पोसाकमै विवाह गरे

काठमाडाैँ । युक्रेनमा रुसले सैन्य आक्रमण जारी राखेकाे ११ दिन नाघिसकेको छ। पछिल्ला केही दिनयता रुसले आक्रमण अझ तीव्र पारेकाे छ।

यसैबीच युक्रेनको राजधानी किभको बाहिरी क्षेत्रमा मुलुकको क्षेत्रीय रक्षाबलका एक जोडीले भने युद्धकै क्रममा विवाह गरेका छन्। भलेरी फिलिमोनोभ र लिसया इभास्चेन्कोले सैन्य पाेसाकमै बिहे गरेका हुन्।

वैवाहिक समाराेहमा युक्रेनका सशस्त्र सेनाका अन्य जवान र किभका मेयर पनि सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २२ वर्षदेखि सँगै बसिरहेका उनीहरु रुससँग जारी युद्धमा फ्रन्टलाइनमा रहेर लडिरहेका छन्। रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि लिसियाले अर्काे जागिर छाडेर सेनामा भर्ती भएकी हुन्।

उनले सेनामा भर्ती हुनुभन्दा पहिला भलेरीलाई देखेकी थिइनन्।

विवाह गरेपछि उनले भनिन्, ‘मलाई खुसी लागेको छ कि हामी जीवित छौं। आजको दिनमा मेरा पति जीवित छन् र मसँग छन्।’

उनले भोलि के हुन्छ भन्ने कसैलाई पनि थाहा नभएको भन्दै आज मुलुक र भगवानकाे अगाडि आफूले विवाह गरेको बताइन्। उनले यो युद्धमा युक्रेनको जित हुने विश्वाससमेत व्यक्त गरिन्।

किभका मेयरसहित उपस्थितहरुले नवविवाहित जोडीलाई बधाई दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org