ताजा समाचार

माओवादीका पूर्व विद्यार्थी नेताहरु केन्द्रीय सदस्य चयन

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले बाँकी केन्द्रीय सदस्यको चयन गरेको छ ।

केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । जसमध्ये क्रान्तिकारीका ६ जना निवर्तमान विद्यार्थी नेता परेका छन् । क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ, सो कमिटीका उपाध्यक्षहरु तिलकराज भण्डारी, सुरेन्द्र बस्नेत, विजय गौतम, दीपक देवकोटा र महासचि उत्तम अधिकारी सहित ६ जना केन्द्रीय सदस्य चयन भएका हुन् ।

यस्तै पूर्व अध्यक्षहरु रमेश मल्ल र नरेन्द्र न्यौपाने नेताहरु रत्न ढकाल लगायत पनि केन्द्रीय सदस्य चयन भएका छन् । सो संख्या माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाचन गरिरहेका छन् ।  स्थायीय तहको चुनाव नजिकै आइसकेकाले चुनाव लक्षित कार्ययोजना र कार्यविभाजन गर्दै बैठक आजै सक्ने तयारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

८औं राष्ट्रिय महाधिवेशनले निर्देश गरेका बाँकी काम सक्ने, केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने, चुनाव केन्द्रीत कार्ययोजना र कार्यविभाजन गर्ने र समसामयीक राजनीतिमा उठेका प्रश्नहरुमा पार्टीको आधिकारीक धारणा तय गर्न केन्द्रीय समिति बैठक बसेको थियो ।

शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने बरिष्ठ नेता नारायणकाजीले एमसीसी परियोजनाका विषयमा फरक मत राखेका थिए । नेता कृष्णबहादुर महराले पनि देव गुरुङ, लिलामणी पोख्रेल लगायतका तर्फबाट लिखित फरकमत राखेका छन् । आइतबार बस्ने भनिएको बैठक आजका लागि स्थगित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org