ताजा समाचार

नेपालमा विदेशीको उच्चस्तरीय भ्रमण हुँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा भ्रमणमा आउन लागेका विशिष्ट विदेशी पाहुनाको बारेमा थप जानकारी भने दिएनन् ।

‘अहिले यो हुन्छ त्यो हुन्छ भन्ने विषय होइन । तर चाँडै उच्चस्तरीय भ्रमण नेपालमा हुँदैछ’ खड्काले भने । उनले भ्रमणमा आउन लागेको व्यक्तिको विषयमा समय आएपछि थप जानकारी गराउने बताए ।

कार्यक्रममा खड्काले परराष्ट्र मन्त्रालयले बाहिर बोल्ने भन्दा पनि शान्त कूटनीतिको अभ्यास गरिरहेको बताए । साथै उनले नेपालले शान्त कूटनीतिमा विश्वास गर्ने भन्दै एमसीसी अनुमोदनमा सक्रिय र उचित भूमिका खेलेको बताए ।

‘हामी शान्त कूटनीतिमामा विश्वास गर्छौं । एमसीसीबारे जिम्मेवारी अन्तर्गतको भूमिका खेल्नुपर्ने थियो त्यो गरियो । एमसीसी अनुमोदनमा उचित र आवश्यक भूमिका खेल्यौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org