ताजा समाचार

निर्वाचन आयोगलाई ओलीको प्रश्न– मतपत्रमा हरियो रङ किन राख्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध राज्यका सबै अंगको प्रयोग भएको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “नेकपा (एमाले)का विरुद्ध प्रयोग भइरहेको छ, राज्यका सबै अंग प्रयोग भएको छ । अदालत प्रयोग गरेको छ, परमादेश देख्नुभयो । सभामुख प्रयोग भइरहेको छ ।”

ओलीले मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति पनि जनाए । “हरियो किन राख्ने ? के कारणले राख्ने ? मैले सोध्न पाएको त छैन,” उनले भने, “यदि, हो भने कुन हिसाबले ? धार्मिक हिसाबले राख्ने ? कसैको हरियो चिह्न छ, त्यही कारण राख्ने ?”

नेपाली कांग्रेसको चुनाव चिह्न रुख भएकाले ‘सबै हरियो देखाउन खोजिएको ?’ भन्दै उनले प्रश्न पनि गरे । ओलीले निर्वाचन आयोगले सो निर्णय गरेको भए सच्याउनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org