ताजा समाचार

अहिलेको लडाई परमादेशी र जनादेशीबीचको हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं परमादेशी र जनादेशीबीचको भएको बताए ।

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको बताए । अध्यक्ष ओलीले एमाले जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।

उनले भने, ‘सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ । कहिले पाण्डव र कौरवका बीचमा हुन्छ । कहिले कृष्ण र कंशकाबीचहुन्छ । अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ । असत्यको प्रतिक भनेको परामादेशी शक्तिहरु हुन् । जनादेशको पक्षमा रहेका जनादेशमा जाने जनताको अभिमतबाट अघि बढ्न खोज्ने हामी जनताको पक्षमा लडिरहेका छौँ ।’
राजनीतिक मैदानका सर्वश्रेष्ठ सिद्धान्तबाट एमाले अघि बढ्ने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org