हामी पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमै हरायौं : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा नै हराएको बताएका छन्।
नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय बैठकलाई बुधबार सम्बोधन गर्दै उनले देशमा अहिलेसम्म भएको ठूला परिवर्तनको वाहक भनेका माओवादी केन्द्र नै भए पनि पार्टीभित्रको गुटबन्दी र अन्तरविरोधमा हराएको स्वीकारेका छन्।
‘आजको परिवर्तनको वाहक भनेको माओवादी नै हो‚’ अध्यक्ष प्रचण्डले भने‚ ‘हामीले जति गर्नुपर्ने थियो गर्न सकेको छैन। हामी गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधमा हरायौँ।’
उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत स्वीकार गरेका छन्।
‘बाह्य क्षेत्रको पनि केन्द्रीय कमिटीमा आउनुपर्छ भन्ने मान्यता हो। मैले त्यो कुरा अस्तिको केन्द्रीय समितीको बैठकमा पनि राखेको हुँ। व्यवसायीहरुको पनि पार्टीमा स्थान हुनुपर्छ‚’ उनले भने‚ ‘हामी त्यसबारे गम्भीर छौँ। व्यवसायीहरुलाई पनि समेट्न सके पार्टीको आर्थिक नीतिमा परिवर्तन आउने थियो।’
अध्यक्ष प्रचण्डले अहिलेसम्म भएका उपलब्धिलाई उल्टाउने प्रयास भइरहेको बताउँदै त्यसबारे सचेत हुन आग्रह समेत गरे। संविधान र लोकतन्त्रविरुद्ध जान खोजेपछि सडक संघर्षबाट सफल भएको प्रचण्डले बताएका छन्।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...