ताजा समाचार

माधव नेपालको प्रतिवेदन : ओली दक्षिणपन्थी, गठबन्धन चुनावसम्म (प्रतिवेदनसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन कम्तिमा पनि चुनावसम्म कायम राख्नुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका छन् ।

उनले केपी ओली प्रवृत्ति व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको उल्लेख गर्दै त्यसलाई दक्षिणपन्थी अवसरवादी धार भनेका छन् ।

त्यसैले पनि अहिलेको पाँच दलीय गठबन्धन कायमै राखेर तीन तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

“यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ । संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरुले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।”

यस्तो छ, उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org