ताजा समाचार

सर्वोच्चमा गोरु ब्यायो गठबन्धनरुपी पाँचवटा बाच्छा पायो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्नको लागि सर्वोच्च अदालतले संविधान बाहिर गएर फैसला गरेको टिप्पणी गरेका छन् । सर्वोच्चमा गोरु ब्याएको ओलीले टिप्पणी गरे ।

एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष ओलीले विकासप्रेमी सरकार ढाल्नको लागि षड्यन्त्र भएको आरोप लगाएका हुन् । ‘एकजना न्यायाधीशको इमेल आउँछ अमेरिकाबाट केपी ओलीको सरकार ढाल्नु नै थियो, न्यायाधीशको के बिगारिदिएको थियो ओली सरकारले ? त्यहाँनेर विकास विरोधी षड्यन्त्रको हिस्सेदार थियो । संविधान बाहिर गएर पनि ढाल्नु पर्ने थियो,’ ओलीले भने, ‘गोरु ब्याउँदैन भन्थे ब्यायो सर्वोच्च अदालतमा, यो २०५१ सालमा एकजनाले भनेका थिए । अहिले गोरु ब्यायो मात्र होइन पाँचवटा बाच्छा पायो ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्चमा न्यायाधीशहरूले आन्दोलन गरेको बेला सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाले अमेरिकाबाट एउटा इमेल पठाएको कुरा चर्चामा आएको थियो । त्यो इमेलमा आफ्नो सरकार ढाल्न खेलेको भूमिकाबारे चर्चा भएको ओलीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org