ताजा समाचार

आगामी स्थानीय तहको निर्वाचनमा आफ्नै तागतमा जित्ने गरी अघि बढ्छाैँ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नै तागतमा जित्ने गरी अघि बढ्ने बताएका छन्। शनिबार प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नै बलमा चुनाव जित्ने कुरालाई प्राथमिकतामा राखिएको बताए।

जनतासँग सम्बन्ध बलियो बनाएर आफ्नै बलमा जित्ने कुरालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले तालमेल हुने स्थिति बनेमा गठबन्धनकै बीचमा तालमेल गर्न जोड दिने पार्टीको नीति रहेको बताए। ‘हामी आफ्नै खुट्टामा उभिएर, जनतासँग सम्बन्ध बलियो बनाएर, आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिने भनेका छौं। तर, फेरि निर्वाचन नजिक आउँदै गर्दा कसैसँग तालमेल गर्ने स्थिति बन्यो भने तालमेललाई पनि ध्यान दिने, गठबन्धनकै बीचमा तालमेल गर्न जोड गर्ने भन्ने नीति छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले एमसिसीका विषयलाई लिएर पार्टी विभाजित होला भन्ने आशंकाहरु उठेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध ढंगले लैजाने सहमतिका साथ चुनावी अभियानमा पार्टी लागेको बताए। उनले भने, ‘अहिले हामी सम्पूर्ण रुपमाले चुनावमा केन्द्रीत भएरै जानुपर्छ। पार्टीलाई एकताबद्ध गरेरै लानुपर्छ। र, अभियान देशव्यापी रुपमा चल्नुपर्छ भनेर हामीले सर्वसम्मत रुपमाले निर्णय गरेर अभियानमा छौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org