ताजा समाचार

१ सय ३२ केभी प्रसारण लाइनको मोतीपुर सबस्टेशन समुद्‍घाटन

सन्धिखर्क । कपिलबस्तुको मोतीपुरमा १ सय ३२ केभी प्रसारण लाइन आयोजनाको मोतीपुर सबस्टेशनको समुद्‍घाटन भएको छ।

बुर्तिबांग, पौदी अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगे १ सय ३२ केभी प्रसारण लाइनको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कपिलबस्तुको मोतीपुरमा उद्धाटन गरेकी हुन्।

सब स्टेशनबाट कपिलबस्तुको बाणगंगा, बुद्धभूमी, तौलिहवा, रुपन्देहीको सुद्धोदन गाउँपालिका, लुम्विनी सांस्कृतिक नगरपालिका र गौडीहवा गाउँपालिकाका एक लाख ग्राहक प्रत्यक्ष लाभान्वित हुने छन्। यस क्षेत्रका बासिन्दाले छिनछिनमा विद्युत जाने समस्याबाट छुटकरा पाएको उर्जा जल स्रोत तथा सिंचाई मन्त्रालयका कार्यकारी निर्देशक कुलमान घिसिंगले बताए।

सब स्टेशनको उद्धाटन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सबै क्षेत्रमा उर्जाको रुपमा जलस्रोतको प्रयोग गर्नुपर्ने बताउँदै गरिबी मुक्त नेपाल बनाउन गरिबीको रेखामुनी रहेका जनतालाई विशेष राहात र सुविधा दिनुपर्ने बताइन्।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org