ताजा समाचार

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल

काठमाडाैँ । एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् ।

भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधान भए पनि खतरनाक हुने बताए ।

राजनीतिमै मानिस मानिस बीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ, अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखिएमा त्यो राजनीतिका लागि खतरनाक रहेको उनको भनाइ छ ।

नेता भुसालले घुस नखाने नेताहरूको पार्टी वा पार्टीहरू घुस नखाने मान्छेहरूको पार्टी बनिदिए भने देश विकास समृद्धि हुने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org